मृत्यु पछि पनि अङ्गदानका कारण जीवित रहने बलिउडका ६ कलाकारहरू
काठमाडौँ। जन्म मृत्यु प्रकृतिको देन हो। यो संसारमा मानिसले जन्म लिइसके पनि अवश्य मर्नु नै पर्छ। तर कुनै मानिस कर्मको आधारका कारण मृत्यु पछि पनि अमर रहने गर्छन्। मानिस मृत्यु पछि पनि अमर अथवा जिवित रहनका लागि यो संसारमा केही न केही राम्रो काम गरिरहेका हुन्छ। र उनीहरु मृत्यु पछि पनि जीवित रहन चाहन्छन्। यसै कारण बलिउडका चर्चित हस्तीहरू जो आफ्नो मृत्यु पछि पति जीवित रहन उनीहरूले आफ्नो अङ्गदान गर्ने घोषणा गरेका छन्।
मृत्यु पछि आ -आफ्ना विभिन्न अङ्गदान गर्ने घोषण गरिसकेका बलिउडका कलाकारहरू:
ऐश्वर्या राय बच्चन
बलिउडका चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन विश्वका सबैभन्दा सुन्दर महिलाहरू मध्ये एक महिलामा पर्छिन्। उनी सुन्दर हुनुको एक कारण उनको आखालाई पनि मानिन्छ। उनले मृत्यु पछि पनि यस संसारलाई हेरिरहने भएकी छिन्। ऐश्वर्याले यस अघि नै आफ्नो सुन्दर आँखा दान गर्ने घोषण गरिसकेकी छिन्। ऐश्वर्या ११९४ को मिस वल्र्ड पनि हुन्।

प्रियंका चोपडा
बलिउडका अर्की चर्चित अभिनेत्री प्रियंका चोपडाले पनि मृत्यु पछि आफ्नो अङ्गदान गर्ने भएकी छिन्। प्रियंकाले आफ्ना पिताको मृत्युपछि सम्पूर्ण अङ्गदान गर्ने निर्णय लिएकी हुन्। आफ्नो पितालाई अङ्गदानको आवश्यकता परेको कारण उनले अङ्गदानको महत्व बुझेकी हुनाले अङ्गदान गर्ने घोषण गरेकी बताइएको छ। प्रियंका २००० को मिस वल्र्ड पनि हुन्।

सलमान खान
बलिउडका सुपर स्टार सलमान खानले पनि मृत्यु पछि आफ्नो रगत मासी (बोन म्यारो) दान दिने घोषण गरेका छन्। बोन म्यारोले मानव शरीरमा रगत बनाउन सहयोग गर्दछ।

अमिताभ बच्चन
बलिउडका महा नायक अमिताभ बच्चनले पनि मृत्यु पछि आफ्नो आँखा दान गर्ने घोषण गरेका छन्।

आमिर खान
बलिउडका अर्का अर्चित अभिनेता आमिर खानले पनि आफ्नो मृत्यु पछि आफ्ना शरीरका सम्पूर्ण महत्वपूर्ण अङ्गहरू जस्तै: मृगौला, आँखा, मुटु, कलेजो आदि दान गर्ने घोषणा गरेका छन्। चलचित्र ‘शिप अफ थिसियस’ हेरेपछि उक्त फिल्मले आफूलाई अङ्गदान गर्न प्रेरणा मिलेर उनले यस कदमलाई अघि बढाएको बताएका छन्। आमिरलाई ‘मिस्टर पर्फेक्सनिस्ट’ को उपमाले पनि चिन्ने गरिन्छ।

रानी मुखर्जी
बलिउडका चर्चित अभिनेत्री रानी मुखर्जीले पनि मृत्यु पछि आफ्नो आँखा दान दिने घोषणा गरेकी छिन्।




















