कोरोनाबाट बलिउडका चर्चित सङ्गीतकार वाजिद खानको मृत्यु

काठमाडौँ। कोरोना भाइरसको संक्रमणबाट बलिउडका चर्चित गायक तथा सङ्गीतकार वाजिद खानको निधन भएको छ। मिर्गौलाको समस्याबाट पीडित उनलाई एक साताअघि मात्रै कोरोना सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चार दिनयता भेन्टिलेटरमा राखेर उपचार गराउने क्रममा ४२ वर्षको उमेरमा आइतबार उनको निधन भएको हो।
वाजिद खानको गीत ‘भाई-भाई’ एक हप्ता अघि रिलिज भएको थियो। जसमा सलमान खानको अभिनय रहेको छ। वाजिद आफ्ना भाई साजिद खानसँग मिलेर सङ्गीत बनाउथेँ। बलिउडमा वाजिद९साजिदको जोडी लोकप्रिय मानिन्छ। वाजिद १९९८ मा सलमान खानको फिल्म ‘मैने प्यार किया’बाट चर्चामा आएका थिए।