पृथ्वी खनालको ‘सरर लिपुलेक’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ। गायन रियालिटि सो ‘दि भ्वाईस अफ नेपाल’ सिजन-२ मा आफ्नो बलियो प्रस्तुतीबाट दर्शकहरूको मन जित्न सफल भएका गायक पृथ्वी खनालले आफ्नो पहिलो गीतको भिडियो सार्वजनिक गरेका छन्। पछिल्लो समयमा भइरहेको नेपाल र भारतको सीमा विवादका आधारमा रहेर तयार पारिएको ‘सरर लिपुलेक’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो। लकडाउनकै समयमा तयार पारिएको यस गीतको भिडियोलाई गायक पृथ्वीले आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्।
पृथ्वी खनालको स्वर रहेको यस गीतमा डम्बर हिमाङको शब्द सङ्गीत रहेको छ। सञ्चारकर्मी हरि पुन मगरको निर्देशन रहेको उक्त भिडियोमा ‘कमेडी च्याम्पियन’बाट चर्चामा आएका खड्ग बहादुर पुन मगर (खबपु) को अभिनय रहेको छ। गायक पृथ्वी, डम्बर लगायतलाई पनि भिडियोमा देख्न सकिन्छ। भिडियोलाई पिटर गुरुङले छायाँकङ्न र सम्पादन गरेका हुन्।
https://youtu.be/3QAFxRpmbRc



















