बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन
काठमाडौँ। बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ। उनको आज आफ्नै घर बागडोलमा बिहान ११ बजेर २० मिनेटमा निधन भएको हो। आफ्नो छोरीको साथमा रहँदै आएका कलाकार ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ। उनको आजै पशुपति आर्यघाटको विद्युतीय शव गृहमा अन्त्येष्टी गरिदैछ।
लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिएका ठकुरीलाई सुगर लगायतको रोग समेतले ग्रसित थिए। कलाकार ठकुरीले ‘एक्का ट्रायल, पर्खी बसे, दुई पल, अङ्गरक्षक, माया बैगुनी, चाँदनी, चोर, ज्वाला, देउकी, अधिकार’ लगायतका चलचित्रमा अभिनय गरेका छन्। सय भन्दा बढी चलचित्रमा अभिनय गरेका ठकुरीले केही सिरियलमा समेत काम गरेका छन्।



















