शाहरुखको अफिस क्वारेन्टाइनमा परिणत, ६ कोरोना सङ्क्रमित राखियो

वेलकम खबर
जेष्ठ १८, २०७७

काठमाडौँ। बलिउड अभिनेता शाहरुख खान र गौरी खानले सरकारलाई आग्रह गरेको करिब एक महिनापछि उनीहरूको आफ्नो अफिस क्वारेन्टाइनमा परिणत भएको छ। शाहरुखले अप्रिल महिनामा आफ्नो अफिसलाई क्वारेन्टाइन बनाउन सरकारसँग आग्रह गरेका थिए। अफिसमा २२ वटा बेड समावेश गरिएको क्वारेन्टाइन तयार गरिएको छ। जहाँ, सम्पूर्ण सुविधा उपलब्ध रहेको छ।

भारतीय मिडियाका अनुसार, शाहरुखको अफिसमा ६ जना कोरोना सङ्क्रमितहरुलाई राखिएको छ। शनिबारदेखि उक्त सङ्क्रमित ६ जनालाई शाहरुखको खारस्थित अफिसमा सिफ्ट गरिएको हो। अभिनेता शाहरुखले कोरोनासँगको लडाइमा आफूले सकेको सहयोग सरकार र नागरिकलाई गर्दै आएका छन्। यस अघि पनि उनले २५ हजार पीपीई किट्स उपलब्ध गराएका थिए भने, ५ हजार मानिसहरूलाई एक महिना सम्म खाना खुवाउने काम गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*