कोरोनाले रोकिएको ‘ला लिगा’ खेल जुन ११ देखि सुरु हुने

वेलकम खबर
जेष्ठ १७, २०७७

काठमाडौँ। कोरोना भाइरसका कारण रोकिएको स्पेनिस ‘ला लिगा’ फुटबल आउँदो जुन ११ देखि पुनः सुरु हुने भएको छ। खेल बन्द रङ्गशालामा जुन ११ देखि हुने भएको हो।

जुन ११ मा रियल बेटिसले सेभिल्लासँग प्रतिस्पर्धा गर्ने छ। यो सिजनको खेल १८ या त १९ जुलाईमा सक्ने गरी तयारी भइरहेको छ। ला लिगा पुन: सञ्चालन गर्न गएको हप्तादेखि नै १० जनाको समुहमा प्रशिक्षण सुरु भएको थियो।

‘ला लिगा’मा अहिले सम्म ‘बार्सिलोना’ले लिड गरिरहेको छ। त्यस्तै दोस्रो स्थानमा ‘रियल म्याड्रिड’ रहेको छ। स्पेनमा फुटबल लिगहरू गएको मार्च १२ देखि रोकिएका छन्। स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले यसअघि खेलहरू जुन ८ देखि सुरु हुन सक्ने बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*