‘पाताललोक’का कारण अभिनेत्री अनुष्कासँग विराट कोहलीलाई सम्बन्धविच्छेद गर्न माग

वेलकम खबर
जेष्ठ १६, २०७७

एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्मा अहिले विवादमा मुछिरहेकी छिन्। उनी निर्मात्री रहेको वेभ सिरिज ‘पाताललोक’का कारण विवादमा परेकी हुन्। यो वेभ सिरिज अमेजन प्राइममा अत्यधिक हेरिएको पनि छ। नेपाली महिलामाथि तुच्छ गालीसमेत समेटिएको यो सिरियलको अब भारतभित्रै पनि व्यापक विरोध सुरु भएको छ।

भारतीय जनता पार्टीका नेता नन्दकिशोर गुर्जरले यो सिरियलविरुद्ध उजुरी गर्दा गरेका छन्। उनले भारतीय टिमका कप्तान विराट कोहलीसँग आफ्नी श्रीमती र पाताललोककी निर्मात्री अनुष्का शर्मासँग सम्बन्धविच्छेद गरेर देशका लागि एक उदाहरण पेश गर्न पनि माग गरेका छन्। भाजपा नेताले ‘पाताललोक’ सिरिजमा सनातक धर्म र भारतीय एजेन्सीलाई गलत तरिकाले चित्रण गरेको बताउँदै यसलाई राष्ट्रद्रोह बताएका छन्। तसर्थ यो सिरिजकी निर्मात्रीविरुद्ध उजुरी दर्ता गरेका छन्।

भारतको एक मिडियासँग गरिएको कुराकानीमा सांसद नन्दकिशोरले ‘पाताललोक’की निर्मात्री अनुष्का शर्माले राष्ट्रद्रोहीको काम गरेकी बताएका छन्। विराट कोहली हिन्दुस्तानका लागि देशभक्त भएको हुनाले उनले आफ्नी श्रीमती अनुष्का शर्मासँग सम्बन्धविच्छेद गरेर मानिसहरूका लागि एउटा उदाहरण पेश गर्नुपर्ने पनि बताएका छन्। भाजपा नेताले ‘पाताललोक’विरुद्ध मोर्चा खोलेका छन्। अहिले सम्म यो मुद्दामा अनुष्का शर्माले भने केही भनेकी छैनन्। यो विवाद पछि सिरिजबाट भाजपा नेताको फोटो हटाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*