सङ्गीतकार सङ्घ नेपालको कल्याणकारी कोषमा गायिका मेलिनाको एक लाख सहयोग

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण न्यूनिकरणका लागि अहिले विश्वका धेरै देशहरू लकडाउनमा छ। त्यस्तै नेपाल सरकारले अहिले नेपालमा पनि लकडाउन जारी गरेको छ। सरकारले लागू गरेको लामो लकडाउनले अहिले जनजीवन प्रभावित भएको बेला भने कलाकारहरू सहयोगमा जुटिरहेका छन्। यसै क्रममा चर्चित गायिका मेलिना राईले सङ्गीतकार सङ्घ नेपालको कल्याणकारी कोषमा सङ्कटमा परेका श्रष्टा अथवा कलाकारहरूका लागि भनेर एक लाख रुपैयाँ सहयोग गरेकी छिन्। सहयोग बारे सङ्गीतकार सङ्घ नेपालका कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन्।
कोषाध्यक्ष लम्सालले म्युजिक कम्पोजर एसोसिएसन नेपालको फेसबुक पेजमार्फत जानकारी गराउँदै सहयोग प्रति मेलिनालाई धन्यबाद पनि दिएका छन्। साथै यो सहयोगले आहतमा रहेका श्रष्टा कलाकारहरूलाई ठूलो राहत मिल्ने पनि उल्लेख गरेका छन्।