हृदय देखि प्रेम गर्नु अपराध हैन, हत्या गर्नु अपराध हो : वर्षा सिवाकोटी

वेलकम खबर
जेष्ठ १३, २०७७

काठमाडौँ। अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको हत्या भएको छ। २० बर्षिया युवा नवराज विश्वकर्माको हत्या भएको छ। भने उनी सँगै गएका उनका दुई साथीको पनि हत्या भएको छ। साथै अहिले सम्म ३ जना बेपत्ता भएका छन्। यतिबेला यो हत्याको विषयमा सामाजिक सञ्जालमा चर्को विरोध भैरहेको छ। बिभिन्न कलाकारहरूले पनि यसको विरोध गर्दै आफ्नो अभिव्यक्ति दिएका छन्।

अभिनेता निश्चल बस्नेतले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै यो जातको नाममा हुने कुरीति हटाउन हामिले आफ्नो घरबाट सुरु गर्नु पर्ने बताएका छन्। साथै समाज बदल्न हाम्रो सोच बदल्न आवश्यक रहेको पनि उल्लेख गरेका छन्। कानुन छ कानुन पनि लाग्छ यस्तो रीत अपनाउनेहरुलाई तर कानुनले कसूरवार ब्यक्तिलाई सजाय दिन सक्छ, सोचलाई होइन त्यही कारण सोच बदल्न तिर लाग्न आग्रह गरेका छन्।

अभिनेत्री केकी अधिकारीले पनि सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘के फुर्ति लाउनु समाज भनेर? यस्तो छ हाम्रो समाज। यो हो वास्तविकता हाम्रो। परिवर्तित समाज रे। खै जसको लागि परिवर्तन हुनुपर्ने हो उस्को लागि जस्ताको तस्तै छ। अझ ध्वस्त छ यो समाज। यही समाजको अंश भन्न नि लाज हुने। मानवता नभएको समाज। छि:

अभिनेत्री पुजा शर्माले पनि सामाजिक सञ्जाल मार्फत रोग नयाँ नयाँ आउन थाल्दा पनि हाम्रो सोच कहिले नयाँ हुन नसकेको बताएकी छिन्। यहाँ रोग सँग लड्नु भन्दा पनि छिमेकीको मिचाइ र जातीय विभेदमा लड्नु गाह्रो भएको पनि बताएकी छिन्। साथै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकार सँग अपिल गरेकी छिन्।

अर्की अभिनेत्री वर्षा सिवाकोटीले पनि सामाजिक सञ्जाल मार्फत नै ‘हृदय देखि प्रेम गर्नु अपराध हैन, हत्या गर्नु अपराध हो’ भनेकी छिन्।

चर्चित हास्यकलाकार मनोज गजुरेल सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। ‘प्रकृतिको गर्भबाट जन्मिएको कोरोना भाइरस त एक न एकदिन समाप्त हुन्छ। तर, मान्छेको बिकारबाट जन्मिएको जातीय विभेद र अपराधको भाइरस अन्त्य  हुने छाँट काँट देखिएन।’

त्यस्तै अर्का चर्चित कलाकार तथा निर्देशक दीपक गिरीले पनि सामाजिक सञ्जाल मार्फत ‘कोरोना बाट बच्न के के उपाय गर्नु पर्छ त्यो त WHO, सरकार सबैले बताए आजको युगमा पनि दलितहरू प्रेम गरेको आरोपमा मारिदै छन् यस बाट बच्ने उपाय चाहिँ कसले बताउँछ होला?’ भनेर प्रश्न गरेका छन्।

चर्चित हास्य कलाकार सिताराम कट्टे धुर्मुसले पनि सामाजिक सञ्जालमा लेखेका छन् ‘जन्म कसैको रोजाइ हैन तर कर्म मानिसको रोजाइ हो। मानवताभन्दा ठूलो अर्को कुनै भावना छैन। जातीय कारण नै मानिसको ज्यान जानु भनेको मानव सभ्यताकै सबैभन्दा ठूलो लज्जाको बिषय हो।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*