‘सरकार यो जुनिमा मान्छे मानिन्छु कि मानिन्न?’ : प्रकाश सपूत

वेलकम खबर
जेष्ठ १३, २०७७

काठमाडौँ। अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको हत्या भएपछि अहिले आम मानिसमा आक्रोश पैदा भएको छ। आफ्नी प्रेमिकासँग बिहे गर्न रुकुम पुगेका नवराज विकको ढुङ्गाले हिर्काएर हत्या गरिएपछि यसको सर्वत्र विरोध मात्र भएको छैन, अम मानिसमा प्रश्न पनि उब्जिएको छ।

यसै सन्दर्भमा गायक तथा अभिनेता प्रकाश सपूतले सरकार सँग प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यो जुनीमा आफू मान्छे मानिन्छु कि मानिन्न भन्दै सरकारसँग प्रश्न गरेका छन्। साथै उनले, नवराजको मृत्युसँगै सबैको आत्मसम्मानको पनि मृत्यु भएको उल्लेख गरेका छन्। देशको सिमानामा लडिरहेको यो आवाज आज रुकुम पुगेर रोकिएको र दलित भएकै कारण, प्रेम गरेकै कारण मर्नुपर्ने नियति देशकै लागि लज्जाको विषय भएको उनले उल्लेख गरेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*