२० वर्ष मुनिका उत्कृष्ट क्रिकेटरको सूचीमा नेपालका सन्दीप र कुशल 

वेलकम खबर
जेष्ठ १२, २०७७

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई स्टार विश्वका २० वर्षभन्दा मुनिका उत्कृष्ट खेलाडीको सूचीमा परेका छन्। युएईको दी नेशनल अनलाइनले सार्वजनिक गरेको २० खेलाडीको सूचीमा नेपालका स्पिनर सन्दीप लामिछाने र अलराउण्डर कुशल मल्ल परेका हुन्। उक्त सूचीमा अधिकांश खेलाडी टेस्ट राष्ट्रका छन्। एसोसिएट राष्ट्रका चार खेलाडी पर्दा नेपालबाट दुई जना परेका हुन्।

१९ वर्षीय लामिछानेले राष्ट्रिय टिमबाट खेल्न थालेको तीन वर्ष भइसकेको छ। सन्दीपलाई अहिले ग्लोबल आइकनको रुपमा चिनिन्छन्। उनले विश्वका सबै जसो टी-२० लिग खेलिसकेका छन्। सन् २०१६ मा कीर्तिपुरमा नामिबियाविरुद्ध खेल्दै नेपालका लागि डेब्यु गरेका सन्दीप त्यसयता निरन्तर नेपाली टिममा रहँदै आएका छन्। उनले नेपालका लागि १० ओडीआई, २१ टी-२० र एक फस्ट क्लास खेल खेलेका छन्। सन्दीपले विश्वकै चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएमा दिल्लीका लागि दुई सिजन पनि खेलिसकेका छन्।

भने घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा पुगेका १६ वर्षीय कुशल मल्ल गत वर्ष टी-२० र केही महिनाअघि एकदिवसीय टिममा परेका थिए। साथै कुशलले डेब्यु खेलमै अर्धशतक प्रहार गर्दै ओडीआईमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडीको कीर्तिमान बनाएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*