वर्षा सिवाकोटी तनावमा
काठमाडौँ। दुई दिन अघि एउटा अन्तरवार्तामा नायिका वर्षा राउतले दिएको अभिव्यक्तिका कारण आलोचनामा परेकी छिन्। वर्षाले बोल्ने क्रममा नेपाल र भारतको मिडियाका कारण आफूलाई भारतीय साथीहरूसँग कुरा गर्न गाह्रो भएको तर्क प्रस्तुत गरेकी थिइन्। तर यस विषयमा वर्षाले माफी पनि मागिसकेकी छिन्। साथै नाम एउटै भएका कारण अर्की नायिका वर्षा सिवाकोटीलाई भने समस्या परेको छ।
नाम र पेसा एउटै भएकाले समाजिक सञ्जालमा वर्षा शिवाकोटीलाई गाली गरेर म्यासेज गरिरहेका छन्। सामाजिक सञ्जालमा आफ्ना बारेमा नकारात्मक टिप्पणीले शिवाकोटी पनि तनावमा छिन्। यसै कारण उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै नाम र थर हेरेर मात्र कमेन्ट गर्न अथवा म्यासेज पठाउन अपिल गरेकी छिन्। उनले लेखेकी छिन्, ‘मेसेज पठाउनु अगाडि नाम र थर हेर्ने कष्ट गर्नुहोला।’




















