पूर्व राष्ट्रिय खेलाडी रञ्जित श्रेष्ठ भए कोरोना मुक्त

वेलकम खबर
जेष्ठ ५, २०७७

काठमाडौँ। राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठ कोरोना भाइसको सङ्क्रमणबाट मुक्त भएका छन्। वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले आइतबार तेस्रो टेष्ट नेगेटिभ आएको सामाजिक सञ्जाल मार्फत एक भिडियो पोष्ट गर्दै जानकारी दिएका छन्। उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्।

झन्डै १० दिन अघि कोरोना पोजेटिभ देखिएपछि उनलाई कम्पनीले नै आइसोलेसनमा राखेको थियो। रञ्जितका अनुसार दोस्रो टेष्ट पनि पोजेटिभ नै आएको थियो। दोस्रो रिपोर्ट पनि पोजेटिभ आएपछि फेरि टेष्ट गरिएको थियो भने तेस्रो रिपोर्ट चै नेगेटिभ आएको हो।

रञ्जित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका खेलाडी हुन्। सन् २००९ मा बङ्गलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा रहेका रञ्जित राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासका समकालीन हुन्। फ्रेन्ड्स क्लब र एनआरटीबाट व्यवसयीक फुटबल खेलेका रञ्जित नेपाली यू १६ का पूर्व कप्तान हुन्। रञ्जित केही वर्ष दक्षिण कोरियामा पनि बसेका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*