जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखको जित सँगै ४ अङ्कको अग्रता

वेलकम खबर
जेष्ठ ५, २०७७

काठमाडौँ। कोरोना महामारीको बिच पति सुरुवात भएको जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले फेरि ४ अङ्कको अग्रता बनाएको छ। आइतबार राति भएको खेलमा बर्लिनलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको बोरसिया डर्टमण्डसँग ४ अङ्कको दूरी बनाएको छ। बायर्नलाई सहज जित दिलाउने क्रममा रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभार्डले एक एक गोल गरेका थिए।

लिग अन्तर्गत  आइतबार राति नै भएको पहिलो खेलमा  मैन्ज र क्लोनले २–२ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन्। जितसँगै वायर्नले शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाएको छ। वायर्नको २६ खेलबाट ५८ अङ्क रहेको छ। भने, दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५४ अङ्क रहेको छ। पराजित बर्लीन भने ३० अङ्कका साथ १२ औं स्थानमा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*