नेहा कक्कड विश्वका लोकप्रिय गायिकाको दोस्रो स्थानमा
काठमाडौँ। बलिउडका गायिका नेहा कक्कड विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा दोस्रो स्थान परेकी छिन्। नेहा विश्वको युट्युबमा सबैभन्दा धेरै सर्च गरिने महिला गायिकाको दोस्रो नम्बरमा परेकी उनले आफ्नो इन्स्टाग्राममार्फत जानकारी दिँदै फ्यानलाई धन्यवाद दिएकी छिन्।
हालै भएको सर्वेक्षणअनुसार नेहा भन्दा पहिलो स्थानमा पर्न सफल अमेरिकन र्यापर कार्डी बीलाई कुल ४ दशमलव ८ बिलियन दर्शकले युट्युबमा सर्च गरेका छन्। भने दोस्रो स्थानमा पर्न सफल नेहा कक्कडलाई ४ दशमलव ५ बिलियन दर्शकले खोजेका छन्। यो सर्वेक्षणमा नेहाले विश्व चर्चित थुप्रै ठूला कलाकारहरूलाई उछिनेकी छिन्। साथै अहिले सम्म यो सूचीमा अन्य भारतीय महिला कलाकार पर्न सकेका छैनन्।
नेहा इन्डियन आइडल सिजन ६ मा प्रतियोगीको रुपमा भाग लिएकी थिइन्। अहिले उनी त्यही इन्डियन आइडलकी निर्णयक छिन्। उनका थुप्रै गीतहरूले चर्चा बटुलेको छ।




















