कौन बनेगा करोडपतिको १२ औं सिजन सुरु हुँदै

वेलकम खबर
बैशाख २२, २०७७

काठमाडौँ। विश्भवर महामारीको रुपमा फैलिको कोरोना भाइरस सङ्क्रमणको विरुद्धमा अहिले विश्व मनोरञ्जन क्षेत्र रोकिएको छ। तर भारतीय गेम रियालिटी सो कौन बनेगा करोडपति को १२ औं सिजन भने छिट्टै प्रसारण हुने भएको छ। कोरोना भाइरसका कारण जारी लकडाउनका कारण पनि उक्त रियालिटी सो टेलिभिजनको पर्दामा केही समयपछि प्रसारण सुरु हुने कार्यक्रम सञ्चालक बलिउडका सुपरस्टार अमिताभ बच्चनले सोनी टिभीमा प्रसारण गरिएको एक प्रोमो मार्फत जानकारी गराएका छन्।

सोनी टेलिभिजनले इन्स्टाग्राममा शेयर गरेको उक्त प्रोमोको भिडियोमा अमिताभ बच्चनले भनेका छन्, हरेक कुरामा ब्रेक लाग्न सक्छ, तर सपना यस्तो चिज हो, जसमा कहिल्यै ब्रेक लाग्दैन।

अमिताभ बच्चनले सञ्चालन गर्दै आएको यो रियालिटी शोको १२ औं संस्करण ९ मे देखि शुरु हुने भएको छ। लकडाउनका कारण अहिले सम्पूर्ण काम बन्द भएकोले यो प्रोमो अमिताभ बच्चन कै घरमा सुटिङ गरिएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*