ताप्लेजुङ लिग पुरुष फुटबलको उपाधीका लागि कर्णसिह र प्रगतिशिल भिड्ने

वेलकम खबर
असार १५, २०७६

 ताप्लेजुङ । अखिल नेपाल फुटबल सँघ एन्फा ताप्लेजुङको आयोजनामा बुधवारदेखि जारी ताप्लेजुङ लिग पुरुष फुटबल प्रतियोगीताको उपाधीका लागि कर्णसिह सोनाम स्मृती क्लव र प्रगतिशिल युवा क्लव भिड्ने भएका छन् ।

शनिवार सम्पन्न सेमिफाईनल चरणको पहिलो खेलमा मिसन युनाईटेड क्लवलाई २–० ले पराजित गर्दै कर्णसिहले फाईनलको यात्रा तय गरेको हो । कर्णसिंहलाई जित दिलाउन दुवै गोल शक्ति राईले गरेका थिए । उनले पहिलो हापको ३५ औँ र ३८ औँ मिनेटमा गोल गरेका थिए ।

त्यसपछि कुनैपनि टिमवाट गोल हुन सकेन । यस्तै दोस्रो सेमिफाईनल खेल सि सा स खोक्लीङ र प्रगतिशिल युवा क्लव लिङ्तेप विच भएको थियो । सिसास लाई २–० गोल अन्तरले प्रगतिशिलले पराजित गरेको थियो । प्रगतिशिललाई जिताउन खेल सुरु भएको ५ औँ मिनेटमा रमेश राजवंशीले र दोस्रो हापमा तपन कार्कीले गोल गरेका थिए ।

फाईनल खेल आईतवार दिउँसो १२ बजे हुने छ ।प्रथमले ५० हजार र दोश्रोले ३० हजार पाउनेछ । ५ विद्यामा पुरस्कृत गरिनेछ । सर्वोत्ष्ट खेलाडीसहित उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड र मिडफिल्डरलाई ट्रफी प्रदान गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*