सिदिङवामा खोलाले बगाउदा एक महिलाको मृत्यु

मदन गौतम
जेष्ठ ९, २०८२

बैशाख ८ गते ,ताप्लेजुङ ।  ताप्लेजुङको सिदिङवा ६ स्थित फावा खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा  सिदिङवा ६ मेहेलेको  ५१ बर्सकी विष्णु माया लिङदेन रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले बताउनुभयो । विहीबार खोला तर्ने क्रममा लिङदेनलाई खोलाले १५० मिटर बगाएको प्रहरी निरीक्षक बस्नेतको भनाइछ  । घटना भए पश्चात सिदिङवा ६ का वडा अध्यक्षले प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटना स्थलमा गएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु