न्यायको माग गर्दै फुङ्लिङमा प्रदर्शन
ताप्लेजुङ। पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङका विद्यार्थीहरूले सोमबार फुङ्लिङमा प्रदर्शन गरेका छन् । गत फाल्गुण २३ गते सुर्खेतकी इनिशा विकको बलात्कार पछि गरिएको सामूहिक हत्याको विरोधमा प्रदर्शन गरेका हुन ।
पीडितलाई न्याय र दोषीलाई कडा कारबाही गर्न माग गर्दै शान्तिपूर्ण रूपमा आवाज उठाएर सरकारको ध्यानाकर्षण हुन्। उक्त विरोध प्रदर्शनमा पाथिभरा बहुमुखी क्याम्पसका विद्यार्थीहरू अधिकांश छात्रा रहेका थिए । क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्य, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा सदस्य, विभिन्न विद्यार्थी सङ्गठनका अगुवा, अध्यापक तथा विद्यार्थीहरूले नारीमाथि हुने हिंसाको अन्त्य गरौँ, अपराधीलाई कानुनी कठघरामा उभ्याउँछ भन्ने प्ले कार्ड सहित नगर परिक्रमा पछि वीरेन्द्र चौकमा कोणसभा गरेका थिए।


















