मिक्वाखोलामा बाल विकास कक्षामा निःशुल्क अङ्ग्रेजी भाषाको थालनी 

मदन गौतम
जेष्ठ ८, २०८२

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले बाल विकास कक्षामा निःशुल्क अङ्ग्रेजी भाषको थालनी  गरेको छ । कार्यपालिकाको निर्यण अनुसार पालिका क्षेत्रभित्र रहेका २९ वटा विद्यालयहरूका बाल विकास कक्षामा निः शुल्क अङ्ग्रेजी  शिक्षा लागू गर्ने जनाएको छ । आँउदो शैक्षिक सत्रमा कक्षा १ मा पनि लागू गरिने पालिकाले जनाएको छ। कार्यको थालनी स्वरुप बाल विकास कक्षामा अध्ययन गर्ने कुल ३६० जना विद्यार्थीहरूलाई पुस्तक र स्टेसनरी सामान वितरण सुरु गरेको छ । स्टेसनरी सामग्री निःशुल्क वितरण कार्यको बिहीबार थालनी गरेको हो। जसअनुसार बिहीबार साँवा मावि साँवाका बालकक्षाका ११ जना विद्यार्थीहरूलाई वितरण गरिएको पालिकाले जनाएको छ। उक्त सामग्री मिक्वाखोला गाउँपालिका ४ घर भै हाल वैदेशिक रोजगारमा रहेका मिङ्मा छिरिङ शेर्पाले सहयोग स्वरूप उपलब्ध गराउनुभएको थियो। पालिका २९ वटै विद्यालयमा यस्तो कार्यक्रम गरेर अघि  बढ्ने  गाउँपालिकाले लक्ष्य लिएको छ। स्टेसनरी सामान वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत विमल गौतम, ४ नम्बर वडा सदस्य फुपु तेन्जिङ शेर्पा , शिक्षा शाखाका प्रमुख पवन भट्टराई शिक्षक,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*