राष्ट्रपतिलाई भेटेर योगेशले दिए धन्यवाद

वेलकम खबर
चैत्र २, २०८२

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । भट्टराई सोमबार शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन् ।

भेटमा भदौ २३ र २४ का घटनापछि अनिश्चिततालाई अन्त्य गर्न अभिभावकीय भूमिका खेलेको प्रति आफूले राष्ट्रपतिलाई धन्यवाद दिएको उनले जनाएका छन् ।

‘भदौ २३ र २४ का घटना र त्यसपछिको अन्योल तथा अनिश्चयको अवस्थामा संविधानको क्रियाशीलता अनि लोकतान्त्रिक प्रणालीलाई पुनर्जीवित गर्न सम्माननीय राष्ट्रपतिले मुलुकलाई गर्नु भएको सही दिशानिर्देश तथा अभिभावकीय भूमिकाप्रति उच्च सम्मान’, भेटको तस्बिर राख्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*