३३ खेलाडीसँग बार्षिक सम्झौता, को–को परे ? (सूचीसहित)

वेलकम खबर
फाल्गुन २८, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ३३ पुरुष क्रिकेट खेलाडीलाई दिएको बार्षिक सम्झौताको सूची सार्बजनिक गरेको छ । क्यानले ए, बी, सी र डी तथा इमर्जिङ गरी पाँच तहमा खेलाडीलाई बर्गीकरण गरेर खेलाडीसँग बार्षिक सम्झौता गरेको हो ।

ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख छन्। यसअघि ए मा रहेका कुशल भुर्तेल बी मा समावेश छन् । ग्रेड बीमा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललितनारायण राजवंशी र अनिल साह छन् भने ग्रेड सीमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् ।

ग्रेड डी मा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, बिबेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव छन् । क्यानले ‘ए’ सूचीमा रहेका पाँच खेलाडीलाई प्रतिमहिना एक लाख, ‘बी’ सूचीमा रहेका पाँच खेलाडीलाई प्रतिमहिना ७० हजार, ‘सी’ सूचीमा रहेका चार जनालाई प्रति महिना ५५ हजार, ‘डी’ सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना ३५ हजार र इमर्जिङ सूचीमा रहेका ७ खेलाडीलाई प्रति महिना २५ हजार दिने जनाएको छ ।

हेर्नुस् खेलाडीको सूची

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*