ताप्लेजुङका दुई पत्रकार सहित ४७ जनालाई सिदिङ्वाले गर्यो पुरस्कृत (फोटो फिचर तथा नामावली सहित )  

वेलकम खबर
असार ८, २०८३

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चालु आर्थिक वर्षमा उत्कृष्ट काम गर्ने पालिका भित्रका किसान,कर्मचारी,पत्रकार,विद्यालय,विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।  पालिकाको १९ औं गाउँसभामा पालिका भित्र उत्कृष्ट काम गर्ने नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी र पूर्व उपाध्यक्ष चन्द्रबहादुर पन्दाका सहित ४७ जनालाई नगद प्रमाणपत्र सहित पुरस्कृत गरेको
हो । पालिकाले  बेरुजु फस्यौट गर्न उल्लेख्य भुमिका खेलको भन्दै लेखाप्रमूख भुपेन्द्र बुढाक्षेत्री र दावाकिपा शेर्पालाई पुरस्कृत गरेको हो ।

त्यस्तै चालु आवमा उल्लेख्य राजश्व संकलन गरेका भन्दै वडा ३ का आङखोपका वडा सचिव दिनेश यादवलाई पुरस्कृत गरेको छ । स्वास्थ्यमा उत्कृष्ट स्वास्थ्य सेवा दिने मेहेले स्वास्थ्य चौकीको मदन लिङदेन र वडा ३ आङखोपका राममाया बुढाक्षेत्रीलाई पुरस्कृत गरेको हो । 


त्यस्तै शिक्षक तर्फ बुरुम्खिम आधारभूत विद्यालय सुरुम्खिमका प्रधानअध्यापक जहरमान तामाङ र जनज्योति आधारभूत विद्यालय आङ्खोपका कृष्णकुमारी देवान लगायतलाई सम्मान गरेको हो ।
त्यस्तै किसानतर्फ १५ सय केजी किवी उत्पादन गर्ने सिदिङ्वा ३ का छोडकुमार राई,अलैची ४८ मन उत्पादन गर्ने सिदिङ्वा ७ का विदुर गुरुङ,धान ६० मुरी फलाउने सिदिङ्वा ५ का मनकुमार श्रेष्ठ,कफी ५०० केजी उत्पादन गर्ने सिदिङवा ६ का ईन्द्रबहादुर लिङदेन लगायतलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरुलाई गाउँपालिका अध्यक्ष मानबहादुर राई,उपाध्यक्ष कृणकुमारी कडरिया प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्ष लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।     

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*