इलाम महिला गोल्डकपको उपाधि एपीएफलाई

वेलकम खबर
फाल्गुन २४, २०८१

इलाम ।विभागीय टोली एपीएफले इलाममा सम्पन्न दोश्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अर्को विभागीय टोली आर्मीलाई २–१ गोल अन्तरले हराउँदै एपीएफले उपाधि चुमेको हो ।

एपीएफले चार लाख रुपैयाँ नगद र ट्रफी पाएको छ । उपविजेता आर्मीले दुई लाखसहित ट्रफी पायो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी एपीएफकी अनिता बस्नेत घोषित भइन् । यस्तै, एपीएफकै रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्डर घोषित बन्दा सर्वाधिक गोलकर्ता एपीएफकै रश्मी घिसिङ बनिन् ।

उनले प्रतियोगिताभर ७ गोल गरेकी थिइन् । उत्कृष्ट गोलरक्षक आर्मीकी अन्जना रानामगर र उत्कृष्ट डिफेन्स आर्मीकै विमला विक घोषित भइन् । ओएसीस फुटबल क्लबले फाल्गुन १७ देखि सञ्चालन गरेको प्रतियोगितामा नेपाल र भारतका गरी आठवटा टिमले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*