नेपालको विजयी सुरुवात, किर्गिस्तान १–० ले पराजित

वेलकम खबर
फाल्गुन ५, २०८१

काठमाडौं । सोमबारदेखि सुरू अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्‍यो ।

११औं मिनेटमा विमला चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल सावित भयो । मैदानको दायाँ भागबाट सविता रानामगरको उपलब्ध गराएको उत्कृष्ट क्रसमा त्यस्तै उत्कृष्ट हेडर गोल गर्दै विमलाले नेपाललाई खेलमा अग्रता दिलाएकी थिइन् ।

यो जितसँगै नेपालले स्पष्ट तीन अंक हासिल गरेको छ । यसअघि आज दिउँसो भएको खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै विजयी सुरूवात गरेको थियो ।आजको म्यानअफ दि म्याच नेपालकी प्रिती राई बनेकी छिन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*