पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।४९ औं मिनेटमा ब्रिल डोनाल्डो एम्बेलेले गोल गरेका थिए । उनले जर्दान सकरीको कर्नर प्रहारलाई गोलमा परिणत गरेका थिए । एम्बेलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोल गरेका हुन् ।
७४ औं मिनेटमा वेल्सले बराबरी गोल गरेको थियो । उसका लागि किफर मोरले गोल गर्दै वेल्सलाई खेलमा फर्काएका थिए । तर, ८७ औं मिनेटमा मारियो गार्भानिकले गोल गर्दै स्वीट्जरल्याण्डलाई २–१ ले अघि बढाउन खोजेका थिए । भर्खरै मैदान प्रवेश गर्दै गोल गरेका गार्भानिको गोललाई रेफ्रीले भारको सहायताले अफसाइड करार गरेका थिए ।



















