कतारमा हुने विश्वकपको खेल योजना सार्वजनिक

काठमाडौँ। सन् २०२२ मा हुने कतार फिफा विश्वकपमा हुने खेल योजना सार्वजनिक गरिएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफा र आयोजक कतारको विश्वकप आयोजना उच्च समितिले संयुक्त रुपमा उक्त खेल योजना सार्वजनिक गरेको हो।
बुधबार जारी उक्त खेल योजनामा म्याचको मिति, समय र खेलस्थल निर्धारण गरिएको छ। योजना अनुसार विश्वकपको पहिलो खेल ६० हजार दर्शक क्षमता रहेको अल बायत स्टेडियममा हुनेछ। त्यस्तै, फाइनल खेल भने डिसेम्बर १८ मा दोहामा अवस्थित ८० हजार दर्शक क्षमता रहेको लुसेल स्टेडियमा खेलाईनेछ।
त्यसैगरी, समूह चरणमा लगातार १२ दिनसम्म दैनिक चार खेलहरू खेलाइनेछ। प्रत्येक समूह चरणका खेलहरू तीन घण्टाको अन्तरालमा हुनेछ। उक्त खेलहरुकतारको ८ वटा रङ्गशालामा खेलाइनेछ। नेपाली समय अनुसार समूह चरणको पहिलो खेल अपरान्ह २ः४५ हुनेछ। त्यस्तै, फाइनल खेल नेपाली समय अनुसार राति १२ः४५ हुनेछ।
प्रिक्वार्टर फाइनल अन्तर्गत प्रत्येक दिन दुई खेल हुनेछन् भने दुई दिनको विश्रामपछि क्वार्टरफाइनल र अर्को दुई दिनको विश्रामपछि सेमिफाइनलका खेलहरू हुनेछन्।