ऐश्वर्यालाई पूर्व प्रेमीले गरे स्वास्थ्यलाभको कामना

एजेन्सी। बलिउडकी चर्चित अभिनेत्री तथा पूर्व विश्व वल्र्ड ऐश्वर्या राय बच्चनलाई आइतबार कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। उनलाई कोरोना सङ्क्रमण देखिएपछि बलिउडका कलाकार र फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
कोरोनाको सङ्क्रमण उनका ससुरा अमिताभ, पति अभिषेक र छोरी आराध्यामा पनि देखिएको छ। यसैबीच ऐश्वर्याका पूर्व प्रेमी बिबेक ओबरायले पनि ऐश्वर्या र उनको परिवारका सदस्यहरूलाई स्वास्थ्यलाभको कामना गरेका छन्।
अभिनेता बिबेकले बच्चन परिवारलाई जतिसक्दो छिटो कोरोना सङ्क्रमण निको भएर रिपोर्ट नेगेटिभ आओस् भन्दै भगवानसँग प्राथमा गरेका छन्। उनले ट्विटर मार्फत सिनियर बच्चन र जुनियर बच्चनलाई जतिसक्दो छिटो निको होस, भनी कामना गरेका छन्।