ऐश्वर्यालाई पूर्व प्रेमीले गरे स्वास्थ्यलाभको कामना

वेलकम खबर
असार ३०, २०७७

एजेन्सी। बलिउडकी चर्चित अभिनेत्री तथा पूर्व विश्व वल्र्ड ऐश्वर्या राय बच्चनलाई आइतबार कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। उनलाई कोरोना सङ्क्रमण देखिएपछि बलिउडका कलाकार र फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

कोरोनाको सङ्क्रमण उनका ससुरा अमिताभ, पति अभिषेक र छोरी आराध्यामा पनि देखिएको छ। यसैबीच ऐश्वर्याका पूर्व प्रेमी बिबेक ओबरायले पनि ऐश्वर्या र उनको परिवारका सदस्यहरूलाई स्वास्थ्यलाभको कामना गरेका छन्।

अभिनेता बिबेकले बच्चन परिवारलाई जतिसक्दो छिटो कोरोना सङ्क्रमण निको भएर रिपोर्ट नेगेटिभ आओस् भन्दै भगवानसँग प्राथमा गरेका छन्। उनले ट्विटर मार्फत सिनियर बच्चन र जुनियर बच्चनलाई जतिसक्दो छिटो निको होस, भनी कामना गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*