मनोज गजुरेलको नयाँ अवतार (भिडियोसहित)
काठमाडौँ। चर्चित हाँस्य कलाकार मनोज गजुरेल नयाँ अवतारमा देखिएका छन्। कोरोना भाइरसका कारण चर्चामा आएका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अवतारमा मनोज गजुरेल देखिएका हुन्।
गजुरेलले आगामी गाईजात्रामा आफूलाई डब्लूएचओका प्रमुख टेड्रोस अवतारमा उतार्न लागेका हुन्। उक्त गाईजात्राको भिडियोको टिजर सार्वजनिक भएको छ। यस वर्षको चाडपर्व कोरोना भाइरसका कारण खासै रमाइलो नभएपछि गजुरेलको गाइजात्रे प्रस्तुतिले सबैलाई रमाइलो बनाउनेछ। आगामी साउन १५ गतेदेखि ‘गाईजात्रा विशेष कार्यक्रम’ विभिन्न टेलिभिजन तथा डिजिटल प्लेटफर्महरु मार्फत सार्वजनिक हुदै छ।



















