उपाधि र रेलिगेसनको लडाइमा बार्सिलोनाको जित, स्पानियोल पर्यो रेलिगेसनमा
काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले जित हासिल गरेको छ। गएराती सम्पन्न भएको खेलमा बार्सिलोनाले स्पानियोललाई १९० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा लुइस स्वरेजले गोल गरेका थिए। स्वरेजले खेलको ५६औ मिनेटमा गोल गरेका हुन्। स्पानियोलको हार सँगै रेलिगेसनमा झरेको छ।
स्वरेजले यस खेलमा गोल गरेसँगै बार्सिलोनाको अल टाइम स्कोररमा तेस्रो स्थानमा उक्लिएका छन्। स्वरेजले बार्सिलोनाका लागि अहिलेसम्म १९५ गोल गरेका छन्। उनी मेसीको ६३० र सेजारको २३२ पछि बार्सिलोनाका लागि तेस्रो धेरै गोल गर्ने खेलाडी बनेका छन्। स्वरेजले हङ्गेरीका लाजिओ कुबालाको बार्सिलोनाका लागि गरेको १९४ गोलको रेकर्डलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएका हुन्।
खेलमा बार्सिलोनाका अन्सु फातीले खेलको ५०औ मिनेटमा र स्पानियोलका पोल लोजानोले खेलको ५३औ मिनेटमा रातो कार्ड पाएपछि दुवै टिम १०९१० खेलाडीमा सीमित भएका थिए।
यो जितसँगै बार्सिलोनाले महत्वपूर्ण ३ अङ्क हासिल गर्दै ३५ खेलमा ७६ अङ्क हासिल गरेको छ। त्यस्तै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग एक अङ्कले पछाडी रहेको छ। रियल म्याड्रिड एक खेल कम खेल्दै ३४ खेलमा ७७ अङ्क रहेको छ।



















