दीपिकालाई  फलोअर्स गर्ने सङ्ख्या ५ करोड

वेलकम खबर
असार २४, २०७७

काठमाडौँ। बलिउडकी चर्चित नायिका दीपिका पादुकोणलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा पछ्याउनेको सङ्ख्या ५ करोड पुगेको छ। दीपिकाले ५ करोड फलोअर्स पुगेपछि खुशी व्यक्त गर्दै आफू सम्पूर्ण दर्शक प्रति आभारी रहेको बताएकी छिन्।

तर, बलिउडका केही कलाकारलाई भने अहिले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट अनफलो गर्ने लहर नै चलेको छ। विशेषगरि, बलिउडकर्मीका छोराछोरीहरू यो अभियानको सबैभन्दा ठूलो शिकार भएका छन्। नायिका आलिया भट्ट, निर्देशक करण जोहर, नायिका सोनाक्षी सिन्हा, अनन्या पाण्डे, जान्हवी कपुर लगायतका कलाकारलाई सामाजिक सञ्जालबाट अनफलो गर्ने लहर नै चलेको छ।

यसै बिच केही बलिउडकर्मीलाई भने दर्शकले निरन्तर पछ्याइरहेका छन्। त्यस भित्र दीपिका पनि पर्छिन्। दीपिकाले भने १ सय २६ जनालाई मात्र फलो गरेकी छिन्। चलचित्र ‘ओम शान्ती ओम’बाट बलिउडमा प्रवेश गरेकी दीपिकाको अभिनयलाई दर्शकले निकै मन पराउने गर्छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*