ब्याडमिन्टन स्टार लिन डानद्वारा सन्यासको घोषणा

वेलकम खबर
असार २०, २०७७

एजेन्सी। चीनका ब्याडमिन्टन स्टार लिन डानले शनिबार सन्यासको घोषणा गरेका छन्। दुईपटक ओलम्पिक स्वर्ण पदक विजेता डानले ३६ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन्।

सुपर डानका नामले परिचित उनले दुईपटक ओलम्पिक स्वर्ण जितेका छन्। पाँच पटक विश्व च्याम्पियन, पाँच पटक सुदिरमान कप गोल्ड र छ पटक थोमस कपको उपाधि जितेका हुन्।

डानले सन् २००० देखि २०२० सम्म चिनियाँ राष्ट्रिय टोलीबाट खेलेको भन्दै अब सन्यास लिने समय आएको उल्लेख गरेका छन्। उनले आगामी दिनमा परिवारलाई समय दिने र अन्य प्रतिष्पर्धामा सहभागी हुने समेत बताएका छन्।

उनले चीनमा चल्दै आएको सामाजिक सञ्जाल विवोमा सन्यासको घोषणाबारे जानकारी दिएका छन्। लगत्तै एक घन्टामा उनको सन्यास घोषणाबारे विवोमा पाँच करोडले हेरेका छन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु