च्याम्पियन लिभरपुल म्यानचेस्टर सिटीसँग ४-० अन्तरले पराजित
काठमाडौँ। इंङ्गलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग च्याम्पियन बनिसकेको लिभरपुलमाथि म्यानचेस्टर सिटीले ४-० को फराकिलो जित निकालेको छ। अघिल्लो साता मात्र च्याम्पियन भएको लिभरपुल पहिलो खेलमा नै गत वर्षको च्याम्पियन म्यानचेस्टर सिटीसँग ४-०ले पराजित भएको हो। जारी लिगमा लिभरपुलको यो दोस्रो हार रहेको छ।
इतिहाड स्टेडियममा च्याम्पियन टोली लिभरपुललाई ‘गार्ड अफ अनर’ दिएर सुरु भएको खेलमा घरेलु टोली सिटीले खेलको २५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै केभिन डी ब्रुइनले गोल गरेपछि सिटीले खेलमा अग्रता बनाएको थियो। त्यसपछि ३५ औं मिनेटमा रहिम स्ट्रलिङले ३५ औं मिनेटमा र फिल फोडेनले ४५ औं मिनेटमा गोल गर्दा सिटी पहिलो हाफमै ३-० को सहज अवस्थामा पुगेको थियो।
दोस्रो हाफमा लिभरपुलका अक्सलेड चेम्बरलेनले आत्मघाती गोल गरेपछि सिटी अझ सहज अवस्थामा पुग्न सफल भयो। उनले ६६ औं मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली सिटीले ४-० को फराकिलो जित निकाल्न सफल भएको छ।
जितसँगै सिटीले ६६ अङ्कसहित दोस्रो स्थानमा आफूलाई बलियो बनाएको छ। तालिकाको तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ५५ अङ्क छ। भने, चौथो स्थानमा रहेको चेल्सीको ५४ अङ्क छ।



















