तोकिएको समयभन्दा ढिला सुरु हुँदै ‘बिग बोस’

वेलकम खबर
असार १४, २०७७

एजेन्सी। सर्वाधिक हेरिने भारतीय चर्चित टिभी रियालिटी सो ‘बिग बोस’को १४औं संस्करण तोकिएभन्दा ढिला सुरु हुने भएको छ। कोरोना भाइरस महामारीको कारण कार्यक्रमको तालिकामा फेरबदल भएको हो।

बलिउडका चर्चित अभिनेता सलमान खानले प्रस्तुत गर्ने सो अक्टोबर पहिलो साताबाट सुरु हुने भनिएको थियो। तर अब अक्टोबरको अन्तिम साताबाट मात्र प्रसारण हुने बताइएको छ। भारतीय मिडियाका अनुसार यस वर्ष कार्यक्रममा १६ सहभागी रहने छन्। तीमध्ये १३ जना सेलिब्रेटी हुन् भने ३ जना सर्वसाधारण रहेका छन्। उनीहरु सबै एउटै घरमा बस्ने छन्।

सहभागीहरू ‘बिग बोस’को घरमा प्रवेश गर्नुअघि उनीहरूको कोरोना भाइरस परीक्षण गरिने पनि बताइएको छ। कोरोना भाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि कार्यक्रमका केही नियम तथा निर्देशिका परिवर्तन गरिएको छ। जसका कारण कार्यक्रम सफल ढङ्गमा अघि बढ्ने समेत उल्लेख गरिएको छ। कार्यक्रमको सेट फिल्म सिटीमा बनाइएको छ। सामाजिक दूरी कायम राख्दै र अन्य सुरक्षा उपकरणको प्रयोगबीच छायाँङ्कन सुरु हुन लागेको जनाइएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*