अभिनेत्री नितु बनिन् ‘मिसेज इन्डिया-२०२०’को निर्णायक

वेलकम खबर
असार १३, २०७७

काठमाडौँ। नेपाली अभिनेत्री, मोडल, डान्सर तथा सौन्दर्य व्यवसायी नितु कोइराला ‘मिसेज इन्डिया-२०२०’को निर्णायक भएकी छिन्। कोरोना कहरका कारण अनलाइनबाट आयोजना भएको उक्त प्रतियोगितामा उनले जुरीका रूपमा निर्णायकको भूमिका निभाएकी हुन्। उनले मनोरञ्जनमा अन्तर्राष्ट्रिय अवसर पाएकी छिन्।

यो प्रतियोगिता ‘पिस अफ इन्डिया’ले आयोजना गरेको हो। उनी यही संस्थामा नेपालको तर्फबाट ‘ब्रान्ड एम्बेसडर’का रूपमा कार्यरत रहेकी छिन्। उनले ‘पिन्क रोजेज इन्टरटेनमेन्ट’ले आयोजना गरेको ‘मिस्टर, मिस एन्ड मिसेज इन्डिया’मा पनि गेस्ट अफ अनरको भूमिका निर्वाह गरेकी छिन्। कोइराला हालै भारतका विभिन्न संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘कोरोना वारिअर्स अवार्ड’बाट सम्मानित भएकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*