उर्वशीको अन्तर्राष्ट्रिय करिअर सुरु

वेलकम खबर
असार १३, २०७७

एजेन्सी। धेरैजसो नयाँ फिल्म र हट तस्बिरका कारण चर्चामा आइरहने बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला पछिल्लो समय नयाँ फिल्म खेल्ने कुराले चर्चामा छिन्। भारतीय मिडियाका अनुसार उनले अब अन्तर्राष्ट्रिय करिअर सुरु गरेकी छिन्। फिल्म ‘ऐसलाडोस’ बाट उनले अन्तर्राष्ट्रिय फिल्ममा डेब्यु गरेकी बताइएको छ।

‘ऐसलाडोस’ स्पेनिस, र अङ्ग्रेजी भाषामा बन्ने लघु डकुमेन्ट्री हो। जसको विषय स्वास्थ्यसँग जोडिएको छ। यसको निर्देशन लुसिटो कोमुनिका र जुआनपा जुरिताले गरेका छन्। डकुमेन्ट्री ३० देशमा स्पेनिस र अङ्ग्रेजी भाषामा युट्युबमा रिलिज गरिने छ।

उर्वशीले यस फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताएकी भारतीय मिडियाहरूले जनाएको छ। उनले आफूले भारतको मात्र नभई एशियाकै प्रतिनिधित्व गर्न पाउँदा खुशी लागेको बताएकी पनि जनाइएको छ। यो डकुमेन्ट्री फिल्ममा दुनियाँभरका स्वास्थ्य सङ्कटको विषय देखाइने छ। यसमा करिब ३० देशको यात्रा समेटिएको छ। यो डकुमेन्ट्री चार भागमा सिरिजको रूपमा उपलब्ध हुने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*