बलिउडमा छायाँङ्कनका क्रममा खटिने कर्मचारीलाई २५ लाखको बिमा

वेलकम खबर
असार १२, २०७७

एजेन्सी। कोरोना महामारीका कारण बन्द रहेको बलिउड क्षेत्रमा अब विस्तारै काम सुरु हुने भएको छ। वेब सिरिजको सुटिङ चाडैं शुरु हुने भएको  छ। चलचित्र क्षेत्रका विभिन्न सङ्गठनहरूको छलफलपछि छाँयाङकनमा जाने सहमतिमा भएको हो।

आईएफपीटीसी, सिन्टा तथा फेडेरेशनलगायत सङ्गठनले सुरक्षाको उपाय अवलम्बन गरेर छाँयाङकनमा जाने सहमति जुटाएको बताइएको छ। फिल्म तथा टेलिभिजन निर्माता एशोसिएसनले छाँयाङ्कनको क्रममा सरकारले जारी गरेको निर्देशिकाको पूर्ण पालना गर्नु पर्नै भएको छ।

साथै छायाँङ्कनका क्रममा खटिने सबै कर्मचारीलाई २५ लाखको बिमा गरिने पनि जनाइएको छ। कोरोना सङ्क्रमणका कारण मृत्यु भएमा परिवारले २५ लाख रुपैयाँ पाउने भएको छ।  त्यस्तै अस्पतालमा उपचारका लागि दुई लाख रुपैयाँसम्मको उपचार खर्च प्रदान गरिने भएको छ। बिमासँगै

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*