पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

वेलकम खबर
असार ११, २०८३

ताप्लेजुङ  । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२ करोड ८० लाख ९९ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष केशर सुब्बाको अनुमतिमा उपाध्यक्ष रनमाया गुरुङले गाउँसभाको २० औं बजेट अधिवेशन मार्फत उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

उपाध्यक्ष गुरुङले प्रस्तुत गर्नुभएको बजेटमध्ये सङ्घीय समानीकरण अनुदानमा १० करोड १९ लाख, सङ्घीय सशर्त अनुदान चालु तर्फ १९ करोड ६२ लाख र सङ्घीय सशर्त अनुदान पुँजीगत तर्फ एक करोड ३ लाख रुपियाँ बजेट छुट्याइएको छ । यस्तै सङ्घीय विषेश अनुदान चालुतर्फ एक करोड ८० लाख, समपूरक अनुदान पुँजीगत तर्फ दुई करोड ५२ लाख रुपियाँ रहेको छ ।

सङ्घीय राजश्व बाँडफाँडतर्फ ७ करोड २० लाख २ हजार रुपियाँ, प्रदेश समानीकरण अनुदान ९६ लाख १६ हजार प्रदेश सशर्त अनुदान चालुतर्फ ५१ लाख ६७ हजार, प्रदेश सशर्त अनुदान पूँजीगततर्फ ४२ लाख रुपियाँ, प्रदेश समपूरक अनुदान पूँजीगततर्फ एक करोड ६० लाख र प्रदेश राजश्व बाडँफाँडतर्फ ५६ लाख ५८ हजार ३८३ रुपियाँ रहेको छ ।

त्यस्तै आन्तरिक स्रोततर्फ ३२ लाख, आन्तरिक श्रोत अ.ल्या.रकमतर्फ ५ करोड ७९ लाख ५५ हजार ६१७, घरजग्गा रजिष्ट्रेशन दस्तुरतर्फ २ लाख र विभिन्न रोयल्टीका लागि २५ लाख रुपियाँ बजेट प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*