फुङलिङको बजेट ७९ करोड १२ लाख

वेलकम खबर
असार ११, २०८३

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि ७९ करोड १२ लाख २६ हजार ७९० रुपियाँ बजेट सार्वजनिक गरेको छ । मङ्गलबार सम्पन्न गाउँसभामा मार्फत पालिका उपप्रमुख भिमा ओझाले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

उपप्रमुख ओझाले प्रस्तुत गर्नुभएको बजेटमध्ये चालुतर्फ ४७ करोड ६८ लाख ३२ हजार ७ सय ९० रुपियाँ र पुँजीगततर्फ ३१ करोड ४३ लाख ९४ हजार रुपियाँ विनियोजन गरिएको छ । जसमा आर्थिक विकास तर्फ १५ करोड ३१ लख १०० रुपियाँ रहेको छ ।

यस्तै सामाजिक विकास तर्फ ३६ करोड ८१ लख ७७ हजार २०० रुपियाँ र पूर्वाधार विकास तर्फ २३ करोड ९२ लाख ७७ हजार ७०० रुपियाँ छुट्याइएको छ । साथै सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रका लागि १६ करोड ८७ लाख ४० हजार ७९० रुपियाँ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*