लिभरपुललाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि
काठमाडौँ। लिभरपुलले ३० वर्षपछि इङ्ग्लिस प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ। गएराति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २ –१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो।
घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरेका हुन्। सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काएका थिए। चेल्सीको जितसँगै लिभरपुलले ३० वर्ष पछि पहिलो पटक प्रिमियर लिगको उपाधि हासिल गरेको छ।
लिभरपुललाई यस सिजन उपाधिका लागि एक जित आवश्यकता रहेको थियो। तर, सिटीले अङ्क गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको छ। यदि सिटीले चेल्सीलाई हराएको भए लिभरपुलको उपाधि पछि धकेलिने थियो। चेल्सीसँग पराजित भएपछि सिटी लिभरपुल भन्दा २३ अङ्कले पछि रहेको छ।



















