आज गायिका अन्जु पन्तको जन्मदिन
वेलकम खबर
असार ११, २०७७
काठमाडौँ। चर्चित गायिका अन्जु पन्तको आज आफ्नो ४३ औ जन्मदिन मनाउँदैछिन्। जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभचिन्तकहरू शुभकामना दिइरहेका छन्।
‘न बिर्से तिमीलाई न पाए तिमीलाई’ गीतले रातारात हिट भएकी गायिका अन्जु पन्तले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउँदैछिन्। गएको वर्षको जन्मदिन मनाउँदै गर्दा उनले एउटा गीत रेकर्डिङ गराएकी थिइन्। तर अहिले भने कोरोनाका कारण गीतका कामहरू रोकिएका छन्।
अन्जु पन्तका धेरै चर्चित गीतहरू छन्। उनी श्रोताहरू माझ अझै पनि उत्तिकै लोकप्रिय छिन्। साथै उनी नेपाल स्टारकोे निर्णायक पनि हुन्।


















