बार्सिलोना स्पेनिस ‘ला लिगा’को शीर्षस्थानमा 

वेलकम खबर
असार १०, २०७७

काठमाडौँ। स्पेनिस ‘ला लिगा’ अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले एथलेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्साका इभान राकिटिकले ७१ औं मिनेटमा गोल गरेका थिए।

वैकल्पिक खेलाडीको रुपमा खेलको ६४औ मिनेटमा मैदान छिरेका राकिटिकले लियोनेल मेसीको असिस्टमा खेलको ७१औ मिनेटमा गोल गरेका हुन्। उनले खेल मैदान प्रवेश गरेको ६ मिनेटपछि नै गोल गरेका थिए। सो गोल नै निर्णायक बनेको थियो।

यस जितसँगै बार्सिलोनाले लिगको शीर्षस्थानमा ३ अङ्कको अग्रता बनाएको छ। बार्सिलोनाको ३१ खेलमा ६८ अङ्क रहेको छ। दोस्रो स्थानको रियल म्याड्रिडको ३० खेलमा ६५ अङ्क छ। बिल्बाओ भने ३१ खेलमा ४२ अङ्कसहित दशौं स्थानमा छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*