फोडेनको उत्कृष्ट प्रदर्शनसँगै म्यानचेस्टर सिटीको सानदार जित

वेलकम खबर
असार ९, २०७७

काठमाडौँ। इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई पराजित गरेको छ। रियाद महरेज र फिल फोडेनको समान २-२ गोल र डेभिड सिल्भाको १ गोलको सहायतामा सिटीले बर्नलीमाथि ५-० को फराकिलो जित निकालेको हो।

सिटीले पहिलो हाफमा नै ३-० को अग्रता लिएको थियो। इतिहाद स्टेडियममा भएको खेलमा फिल फोडेनको गोलमा घरेलु टोलीले २२ औं मिनेटमै अग्रता बनाएको थियो। ४३ औं मिनेटमा रियाद माहरेजले अग्रता दोब्बर पारे। इन्ज्युरी समयको तेस्रो मिनेटमा माहरेजले व्यक्तिगत दोस्रो गोल गरे। सर्जियो अगुएरोलाई बेन मीले फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीको सदुपयोग गर्दै माहरेजले पहिलो हाफमा नै ३-० को अग्रता दिलाए।

दोस्रो हाफमा सिल्भाले गोल थपे। उनले खेलको ५१ औं मिनेटमा गोल गरे। त्यस्तै फोडेनले ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ५-० को फराकिलो जित निकाल्न सफल रह्यो।

जितसँगै सिटी तालिकाको दोस्रो स्थानमा यथावत छ। सिटीले ३० खेलबाट ६३ अङ्क जोड्दा शीर्ष स्थानको लिभरपुलले समान खेल खेलेर ८३ अङ्क जोडेको छ। त्यस्तै बर्नली ३९ अङ्कसहित ११ औं स्थानमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*