युभेन्टसको जित सँगै ‘सिरी ए’ मा ४ अङ्कको अग्रता

वेलकम खबर
असार ९, २०७७

काठमाडौँ। इटालियन सिरि ‘ए’ अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले जित हासिल गरेको छ। उक्त खेलमा युभेन्टसले बोलोग्नालाई २–० गोलको अन्तरले पराजित गरेको हो।

उक्त खेलको २३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। उनले पेनाल्टीमार्फत गोल गरेका हुन्। त्यसपछि खेलको ३६ औं मिनेटमा पाउलो डिबालाले गोल गरेका थिए। पहिलो हाफ अघि नै २–० गोलले अग्रता पाएको युभेन्टसले जित हासिल गर्न सफल भयो।

जितसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोसँग ४ अङ्कको अग्रता लिएको छ। युभेन्टस ६६ अङ्क सहित शीर्ष स्थानमा रहेको छ। भने, दोस्रो स्थानमा रहेको लाजियोको ६२ अङ्क रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*