अभिनेता सुशान्तको मृत्यु पछि ५ जना फ्यानले गरे आत्महत्या
एजेन्सी। बलिउडका चर्चित अभिनेता सुशान्त सिहं राजपुतले १४ जुनमा मुम्बईको बांद्रास्थित आफ्नो घरमा फाँसी लगाएर आत्महत्या गरेका थिए। उनी पछिल्लो केही समययता डिप्रेसनमा रहेको भारतीय मिडियाहरूले जनाएका छन्। प्रहरीले यो घटनामा १६ जनाको बयान लिएको छ। उनले निधनपछि भारतमा आत्महत्याको ट्रेन्ड बढेको बताइएको छ।
उनको निधनपछि भारतमा ५ जनाले आत्महत्या गरेका छन्। पछिल्लो समय उत्तर प्रदेशमा एक ११ वर्षीय बालकले फाँसी लगाएर सुशान्तका नाममा ज्यान दिएका छन्। उत्तर प्रदेशको हापुड जिल्लामा सुशान्तको मृत्युपछि पीडामा रहेका बालकले आमाको सलमा पासो लगाई झुन्डिएर आत्मा हत्या गरेको बताइएको छ। परिवारजनका अनुसार ती बालक सुशान्तका ठूलो फ्यान थिए। उनको मृत्यु पछि उनी एकदमै दुःखी भएका थिए।
यसअघि विशाखापट्टनम र अंडमानमा पनि दुई जना महिलाले आत्महत्या गरिसकेका छन्। सुशान्तको मृत्यु पछि निराश भइ विशाखापट्टनममा २१ वर्षीय महिला र अंडमानस्थित पोर्ट ब्लेयरमा १५ वर्षीया किशोरीले फाँसी लगाएर आत्महत्या गरेका थिए। त्यसैगरी उत्तर प्रदेशको बरेली र विहारको पटनामा पनि एक एक जनाले आत्महत्या गरेका छन्।
बरेलीमा एक विद्यार्थीले ‘जब सुशान्त सिंह राजपूत आत्महत्या गर्न सक्छन् भने मैले पनि गर्न सक्छु’ भन्दै आत्महत्या गरेका थिए। त्यसैगरी पटनामा १७ वर्षीया किशोरीले सुशान्तको मृत्युको खबरपछि आत्महत्या गरेकी बताईएको छ। उनी कक्षा १० को खराब रिजल्टका कारण डिप्रेसनमा थिइन्।



















