इङ्ग्लिस प्रिमियर लिग : ब्राइटनद्धारा आर्सनलको हार

वेलकम खबर
असार ७, २०७७

काठमाडौँ। इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तरगत शनिबार भएको खेलमा आर्सनल पराजित भएको छ। आर्सनल ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। तर, खेलको ७५ औं मिनेटमा लेविस डुंकले गोल गर्दै ब्राइटनलाई १९१ गोलको बराबरी बनाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा निल मपेले गोल गर्दै ब्राइटनलाई २–१ को जित दिलाएका हुन्। आर्सनलको यो लगातार दोस्रो हार हो। यस अघि आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।

यसैगरी, शनिबार राति नै भएको अर्को खेलमा लेस्टर सिटी बराबरीमा रोकिएको छ। लेस्टर रेलिगेसन जोनमा रहेको वाटफोर्डसँग १–१ को बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा बेन चिलवेलले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए। तर, खेलको इन्जुरी समयमा क्रेग डसनले गोल गर्दै वाट्फोर्डलाई हारबाट जोगाए थिए।

४० अङ्क जोडेको आर्सनल नवौँ स्थानमा छ भने ३२ अङ्कका साथ ब्राइटन १५औं स्थानमा छ। वाट्फोर्डसँगको बराबरीसँगै लेस्टर ५४ अङ्कका साथ तेस्रो स्थानमा छ। वाट्फोर्ड २८ अङ्कका साथ १६ औं स्थानमा छ। शीर्ष स्थानको लिभरपुलको ८२ अङ्क छ भने दोस्रो स्थानको सिटीको ६० अङ्क छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*