रोनाल्डिन्होलाई घाइते बनाउन पैसाको प्रस्ताव

वेलकम खबर
असार ६, २०७७

एजेन्सी। पूर्व ब्राजिलियन तथा बार्सिलोनाका स्टार रोनाल्डिन्होका बारेमा फर्नान्डो कासिरेसले नयाँ खुलासा गरेका छन्। फर्नान्डो पूर्व अर्जेन्टिनी स्टार हुन्। उनी माथि सन् २००९ मा आक्रमण भएको थियो र त्यतिबेला टाउकोमा लागेको चोटबाट पूर्ण निको भइसकेका छैनन्। रोनाल्डिन्होलाई घाइते बनाउनका लागि उनलाई पैसाको प्रस्ताव भएको खुलासा गरेका छन्।

उनले भने ‘हामी बार्सिलोनाविरूद्ध खेल्दै थियौँ। जब रोनाल्डिन्हो पहिलोपटक बल लिनका लागि आए, मैले उनलाई पछाडिबाट लात्ताले हाने। मैले नै उनलाई उठाउनका लागि सहयोग गरे र भने कि उनलाई मैदानबाट बाहिरिने गरी घाइते बनाउनका लागि मलाई ५ लाख पेसेतास (३ हजार युरो) को प्रस्ताव आएको छ। तर उनी आत्तिएनन्, बरु मलाई च्यालेन्ज गरे। यदि तिमी मलाई पक्रन सक्छौं? तर, मैले यसपछि उनलाई मार्क गरिँन। उनी रिसाइरहेका थिए र म डराएको थिएँ। साथै रोनाल्डिन्होलाई मार्क गर्न जरुरी पनि थिएन, यो खेलमा इडुले गोल गरेपछि घरेलु टोली विजयी भयो र तीन अङ्क हासिल गरेको थियो।’ २००४ मा सेल्टा भिगो र बार्सिलोनाविरूद्धको भिडन्त भएको थियो। यतिबेला फर्नान्डो सेल्टा भिगोमा थिए।

रोनाल्डिन्होको आगमनपछि ला–लिगा फेरिएको थियो। ब्राजिलियनले चाँडै सबैको ध्यान आकर्षण गर्न सफल भएको थियो। साथै स्पेनिस फुटबलकै मुख्य आकर्षण बनेका थिए। उनले नै बार्सिलोनालाई आफ्नो स्वर्णिम युगतर्फ धकेलेका थिए। तर, सबैलाई  उनको जादु मन परेको थिएन।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु