सुशान्तको आत्महत्या पछि सलमान खानसहित ८ जनाविरुद्ध मुद्दा दायर
एजेन्सी। बलिउडका चर्चित अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्यापछि चर्चित अभिनेता सलमान खान सहित ८ जना विरुद्ध मुद्दा दायर भएको छ। सलमान सहित बलिउडका चर्चित निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरुद्ध फौजदारी मुद्दा परेको हो।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा वकिल सुधीर कुमार ओझाले बिहारमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको जनाइएको छ। सो मुद्दाको सुनुवाइ आगामी जुलाई ३ मा गरिने भएको छ।
मुद्दा लागेका यी आठ व्यक्तिले सुशान्तलाई मानसिक तनाव दिएको मुद्दामा उल्लेख गरिएको छ। ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम रहेको छ। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ।
वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका छन्। यसका साथै साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखिएको छ। अभिनेता सुशान्तले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए।
चर्चित निर्माता तथा निर्देशक करन जोहर

चर्चित निर्माता तथा निर्देशक एकता कपुर

चर्चित निर्माता तथा निर्देशक सञ्जयलीला भन्साली

निर्माता आदित्य चोपडा

निर्देशक साजिद नाडियडवाला

भुषण कुमार




















