पूजा र सुदर्शनले कोरोनाको कथामा चलचित्र बनाउँदै
काठमाडौँ। नेपालमा कोरोना भाइरसको कथामा चलचित्र बन्ने भएको छ। चर्चित निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माले कोरोनाको बिषयलाई लिएर नयाँ चलचित्र निर्माण गर्ने भएका छन्।
कोरोनाको रोकथामको लागि गरिएको लकडाउन खुले पछि अनटाइटल प्रोजेक्टको छायाङ्कन सुरु हुने बताइएको छ। फिल्मका लागि कलाकारहरूको खोजी भइरहेको बताइएको छ। फिल्मका मुख्य अभिनेता अडिसनको माध्यमबाट छानिने बताउका बताइएको छ। अभिनेताका लागि लकडाउन खुले पछि अडिसन आह्वान गरिने बताइएको छ। यस फिल्मको मुख्य अभिनेत्रीमा भने पूजा शर्मा नै हुने भएको छ।
विश्वमा कोरोना भाइरसको सङ्क्रमण महामारीको रुपमा फैलिएको छ। यसैक्रममा विश्वका केही देशमा पनि कोरोना बारे फिल्म बन्ने समाचारहरू आइरहेका छन्।



















