बैंकले ऋणीबाट लिने व्याजदर सात प्रतिशतमा झारियो

वेलकम खबर
साउन ८, २०७६

काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकले बैंकहरुले ऋणीबाट लिने व्याजदर घटाएको छ । चालू आर्थिक वर्षको मौद्रिन नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ऋणीबाट लिन सक्ने व्याजदरलाई १० प्रतिशतबाट घटाएर सात प्रतिशत कायम गरेको हो ।

गभर्नर डा. चिरंजीवि नेपालले उच्च आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्याउने, आन्तरिक उत्पादन र विस्तारमार्फत आयात प्रतिस्थापन गर्ने र विश्व अर्थतन्त्रमा देखिन थालेको सम्भावित मन्दीको प्रभाव आन्तरिक अर्थतन्त्रमा कम गर्ने उद्देश्यका साथ मौद्रिक सहजीकरण गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*